सूर्योदय सहकारी प्रकरण : प्रहरीको यातना खप्न नसकेर न्यौपानेले आत्महत्या गरेको आरोप, सञ्चालक नियन्त्रणमा


  • Himalayan Bank Limited (HBL)
सूर्योदय सहकारी प्रकरण : प्रहरीको यातना खप्न नसकेर न्यौपानेले आत्महत्या गरेको आरोप, सञ्चालक नियन्त्रणमा

काठमाडौं : दोलखाको मेलुङ गाउँपालिका पवटीस्थित हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्थाबाट ३२ लाखभन्दा बढी रकम चोरी भएको घटनामा प्रहरीले सञ्चालकहरुलाई नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिइएको प्रहरी टोलीले सहकारीका अध्यक्ष छत्रराज कोइराला, उपाध्यक्ष पुष्पवहादुर कार्की, सचिव हरिवहादुर खड्का, सह–सचिव शिववहादुर कार्की र व्यवथापक महेन्द्र भुजेललाई आज नियन्त्रणमा लिएको हो। 

सूर्योदय सहकारीको कार्यालय रहेको पवटीको रमाइलो चोकस्थित घरका घरबेटी एवम् सहकारीका पूर्व कोषाध्यक्ष कपिलमणि न्यौपानेले शनिबार आत्महत्या गरेपछि घटनाले नयाँ मोड लिएको छ । न्यौपाने फागुन ५ गते बिहान करिब ५ बजेको समयमा घर नजिकै रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए । नेकपा (एमाले दोलखा) का जिल्ला कमिटी सदस्य समेत रहेका न्यौपानेको आत्महत्यापछि एमाले दोलखाले प्रहरी प्रमुख डीएसपी दीपक खड्काले दिएको शारीरिक र मानसिक यातना खप्न नसकेर आत्महत्या गरेको आरोप लगाएका छन् । डीएसपीले उनलाई पटक पटक अनाहकमा थुनेर यातना दिएको आरोप एमालेको छ । तर न्यौपानेको सुसाईड नोटमा डीएसपी खड्का र प्रहरीले यातना दिएको कुनै विषय उल्लेख छैन।

Read More