दूध पोखेर चितवनका किसानले मागे कृषिमन्त्रीको राजीनामा [तस्बिरहरू]


  • Himalayan Bank Limited (HBL)
दूध पोखेर चितवनका किसानले मागे कृषिमन्त्रीको राजीनामा [तस्बिरहरू]

चितवन — दूध बिक्री हुन गाह्राे भएकाे र बिक्री भएकाे दूधकाे पनि लामाे समयदेखि पैसा नपाएकाे विराेधमा आइतबार चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पाेखेर विराेध जनाएका छन् ।

यसअघि उनीहरूले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र बुझाउँदै किसानकाे समस्या तत्काल समाधान गर्न माग गरे ।चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडकाे भरतपुरमा रहेकाे कार्यालयमा भेला भएका किसानहरू नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले समस्या समाधानमा कृषिमन्त्री उदासिन रहेकाे भन्दै राजीनामा मागे ।

Read More