प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको बाह्य सूचक सकारात्मक नै रहेको बताएका छन ।
आइतबार संसदमा सांसदहरुको प्रश्नमा जवाफ दिदै यस्तो बताएका हुन । उनले अर्थतन्त्रमा दबाव र चाप भने कायम नै रहेको बताए ।
C5#उनले भने ‘अर्थतन्त्रका बाह्य सूचक सकारात्मक नै छन । तर, अर्थतन्त्रमा दबाव र चाप भने कायम नै छ।’ अर्थतन्त्र पूर्णरुपमा चलामान नभएको भन्दै अब अर्थतन्त्र संकटमुक्त भएको बताए ।
‘यस बिचमा मैले हरेक मन्त्रालयसँगै छलफल गरिरहेको छु । अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँगपनि समन्वय गरिरहेको छु’ प्रधानमन्त्री प्रचण्डले भने ‘यस बर्षको बजेट कार्यान्वयन प्रगति सन्तोषजनक भएन तर, आगामी दिनमा सरकारल राजस्व प्रशासन र विदेशी सहायताको परिचालनलाई थप कार्ययोजनाका साथ सरकार अघि बढ्छ’ ।
प्रधानमन्त्रीले बजेट निमार्णको प्रक्रियामा नै कमिकमजोरी रहेको र अध्यादेश मार्फत केहि कानुन संशोधन गरी बजेट निमार्णको नयाँ कलेन्डर लागू गरिएको बताए ।



