टिकटक बन्द हुँदा कति अपराध र विकृति न्यूनीकरण भए भन्ने प्रश्नमा प्रचण्डले भने - पुनः सञ्‍चालनमा ल्याउन नसकिने होइन


  • Himalayan Bank Limited (HBL)
टिकटक बन्द हुँदा कति अपराध र विकृति न्यूनीकरण भए भन्ने प्रश्नमा प्रचण्डले भने - पुनः सञ्‍चालनमा ल्याउन नसकिने होइन

काठमाडौं : रास्वपाका सांसद गणेश पराजुलीले टिकटक बन्दपछि कति व्यवसायी पलायन र कति बेरोजगार भए भन्ने प्रतिवेदन सार्वजनिक हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै सांसद पराजुलीले सरकारले टिकटक बन्द हुनु अघि र बन्दपछि अपराध र विकृति न्यूनीकरण भएको प्रतिवेदन कहिले सार्वजनिक गर्छ ? भन्दै प्रश्न गरेका हुन्।

 सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपनि सत्तापक्षकै नेता कार्यकर्ताको अकाउन्ट अपडेट भइरहेको बताए। ‘केही समय अघि अपराध र विकृति फैलाएको भन्दै टिकटक बन्दको नाटक मञ्चन भएकोमा हाल सत्तापक्षकै नेता कार्यकर्ताको अकाउन्ट अपडेटेड पाइन्छ। त्यो नैतिक प्रश्नको जवाफको अपेक्षा गर्दिनँ।’प्रधानमन्त्री पुष्पकमल दाहाललाई पराजुलीले प्रश्न गर्दै भने,‘तर सरकारले टिकटक बन्द हुनु अघि र बन्दपछि अपराध र विकृति न्यूनीकरण भएको प्रतिवेदन कहिले सार्वजनिक गर्दैछ ? टिकटक बन्दपछि कति व्यवसायी पलायन भए र कति बेरोजगार भए भन्ने प्रतिवेदन सार्वजनिक हुन्छ कि हुँदैन ?’

Read More