साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
यसदिन नेप्से २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा बन्द भएको छ।
आइतबारको बजारमा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् बिहीबार ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रूपैयाँको सेयर कारोबार भएको थियो।
बिहीबारको तुलनामा आज कारोबार रकममा ९ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३१५ वटा धितोपत्रको १ करोड ०७ लाख ७२ हजार ४८३ कित्ता सेयर किनबेच भएको हो।





