काठमाडौं– गत वर्ष निरन्तर घटेको मार्जिन प्रकृतिको सेयर धितो कर्जा चालु आर्थिक वर्षमा भने हरेक महिना बढ्दो क्रममा देखिएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै जाँदा यस्तो कर्जा विस्तार पनि बढ्दै गएको हो ।
गत असार मसान्तको तुलनामा ०८० पुससम्ममा मार्जिन प्रकृतिको सेयर धितो कर्जा विस्तार १०.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक वर्ष ०७९–८० को ६ महिनामा सात प्रतिशतले गिरावट रहेको यस्तो प्रकृतिको कर्जा चालु आवको सोही अवधिमा १० प्रतिशतभन्दा बढी विस्तार भएको हो । गत असार मसान्तमा ७४ अर्ब ८७ करोड रुपैयाँ यस्तो कर्जा विस्तार भएकोमा त्यसयताका हरेक महिनामा बढ्दो क्रममा छ ।





