६ फागुन, काठमाडौं । सेयर बजारबाट सरकारले माघ महिनामा मात्रै ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर पाएको छ । सीडीएस एण्ड क्लियरिङ कम्पनीको तथ्यांकअनुसार चालु आर्थिक वर्षका महिनामा माघमा उठेको पूँजीगत लाभकर सबैभन्दा धेरै हो ।
सेयर लगानीकर्ताका लागि सरकारले दुई दर कायम गरेर पूँजीगत लाभकर उठाउँदै आएको छ । १ वर्ष वा सोभन्दा कम अविध सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले नाफामा साढे ७ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ भने १ वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत तिर्नुपर्छ ।





