काठमाडौंमा जारी विश्व सामाजिक मञ्चका अवसरमा आयोजित विश्व जलवायु न्यायसभाले ‘टुटेको’ विश्व आर्थिक प्रणाली विकासशील राष्ट्रको हित गर्न ‘असफल’ रहेको निष्कर्ष निकालेको छ।
‘विद्यमान विश्व आर्थिक प्रणालीले यी राष्ट्रको विकास तथा जलवायु अभियानका लागि परिमाणात्मक तथा वित्तको गुणस्तरता प्रदान गर्न असफल रहेकोमा हामी चिन्तित छौं,’ शनिबार काठमाडौं जारी घोषणपत्रमा भनिएको छ। न्यायसभामा विश्वका १५ राष्ट्रका सयौं नागरिक अभियन्ता सहभागी थिए।


