सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया


  • Himalayan Bank Limited (HBL)
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया

काठमाडौं । एनआईसी बैंक डुब्न लागेको र नेपाल राष्ट्र बैंकले ‘डिप इन्स्पेक्सन’ गर्न थालेको भन्दै सर्वसाधारणहरू बैंकमा बचत र मुद्दती खातामा रहेको रकम निकाल्न आतुर भएका छन् । शुक्रबार बैंकिङ समयमा प्रत्येक शाखामा भीड भएपछि सर्वसाधारण आइतबारको बैंकिङ समय कुरेर बसेका छन् ।

इन्टरनेट र मोबाइल बैंकिङको सुविधा लिएका अनि एटीएम कार्ड भएकाहरूले धमाधम आफ्नो खाताबाट रकम निकाल्ने र ट्रान्सफर गर्न थालेका छन् । शनिबार पनि एटीएम काउन्टरहरूमा पर्याप्त रकम नभएपछि सर्वसाधारण झन् आइतबारका लागि अधैर्य भएका छन् । एनआईसी एसिया बैंकले बैंक अब्बल रहेको भने तापनि सर्वसाधारण विश्वास नगर्ने पक्षमा पुगिसकेका छन् ।

मुद्दतीमा रहेको रकम पनि प्रि–म्याचुर गर्दै निकाल्दै सर्वसाधारण

विगतमा पनि सरकारले सहकारी डुब्दैन भन्दै गर्दा पनि सहकारीमा रकम फसेको अनुभव बोकेका सर्वसाधारणले राष्ट्र बैंकको भनाइ एनआईसीको प्रभावमा बोलेको र केही मिडियाले विज्ञापनको आडमा समाचार लेखेको भन्ने निचोडमा सर्वसाधारण पुगिसकेका छन् । शुक्रबार पनि मुद्दती खातामा रहेको रकम म्याचुअर नहुँदै सर्वसाधारण प्रि–म्याचुर गरेर भए पनि रकम निकाल्न लालायित भएका थिए । ...

Read More