४ फागुन, काठमाडौं । गत साता २०९६ अंकमा रहेको सेयर बजारको नेप्से परिसूचक यो साता २०६२ अंकमा कायम भयो । गत साताको तुलनामा नेप्से यो साता १.६२ प्रतिशत घटेको छ ।
पाँच दिन भएको कारोबारमा दुई दिन बजार बढ्यो भने तीन दिन घट्यो । पहिलो दिन आइतबार १०.५ अंक घटेको बजार सोमबार १५.३ बढ्यो । मंगलबार फेरि ३०.५६ अंक घटेको बजार बुधबार जम्मा ५.९ अंक बढ्यो । अन्तिम कारोबार दिन बिहीबार १४.४ अंक घट्यो ।





