बजेट निर्माणमा प्रधानमन्त्रीसँग विवाद रहेको अर्थमन्त्री महतद्धारा स्वीकार


  • Himalayan Bank Limited (HBL)
बजेट निर्माणमा प्रधानमन्त्रीसँग विवाद रहेको अर्थमन्त्री महतद्धारा स्वीकार

बजेट निर्माणको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग विवाद चर्किएको भन्ने समाचारलाई अर्थमन्त्री प्रकाशशरण महतले घुमाउरो पाराले स्वीकार गरेका छन् । उनले प्रधानमन्त्री र आफू अलग अलग पार्टीबाट प्रतिनिधित्व गर्ने त्यो अनुसार बजेट निर्माणको क्रममा केही विषयमा फरक मत हुनु स्वभाविक भएको बताए ।

शुक्रबार अर्थ मन्त्रालयमा आयाजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले उनले संचार माध्यममा आए जस्तो ठूलो विवाद भने नभएको दावी गरे । उनी आफू प्रधानमन्त्रीसँग निरन्तर रुपमा संवादमा रहेको समेत दावी गरे । केही सञ्चार माध्यममा प्रधानमन्त्रीसँग छलफल नगरी बजेट निर्माणको प्रकृया अगाडि बढाइएको र  त्यसपछि विवाद चर्किएको भन्ने समाचारमा सत्यता नभएको दावी गरे ।

उनले केही विषयहरुमा फरक मान्यता रहे पनि अर्थ मन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र निर्देशनका आधारमा काम गरिरहेको उल्लेख गरे । उनले संसद्ले पारित गरेको चालु आर्थिक वर्षको बजेट अर्थ मन्त्रालयले घटाउन वा कटौती गर्न नसक्ने बताए । तर, संचारमाध्यममा भने बजेट कटौती गरिएको गलत समाचार आएको दावी गरे ।

Read More