भारतको कर विभागले भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीको बैङ्क खाता रोक्का गरेको छ। पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले खाता रोक्का गरिदिएको जनाएको हो ।
काङ्ग्रेस प्रवक्ता अजय माकनले पत्रकार सम्मेलनमा भने , “हामीलाई हाम्रो दलको खाता रोक्का गरिएको जानकारी दिइएको छ । माकनका अनुसार भारतको आयकर विभागले आर्थिक वर्ष २०१८/०१९ का लागि आयकर दाखिला गरेको अनुसन्धानको क्रममा दुई अर्ब १० करोड भारु (दुई करोड ५३ लाख अमेरिकी डलर बराबर) को भुक्तानी माग गरेको थियो ।


