४ फागुन, काठमाडौं । गत २८ माघमा ‘आबुधाबी डायलग’ को साइडलाइन भेटमा नेपालले एक महिनाभित्रै श्रम सम्झौता गर्न राखेको प्रस्तावमा साउदी अरेबियाका अधिकारीले स्पष्ट जवाफ दिएनन् । बरु घरेलु श्रमिक अर्थात् विशेषगरी महिलालाई विदेश पठाउन नेपालले लगाएको बन्देज कहिले खुल्छ भनेर चासो राखे ।
युनाइटेड अरब इमिरेट्स (यूएई)को अबुधाबीमा भएको उक्त छलफलमा साउदी अरेबियाले एक महिनाभित्रै श्रम सम्झौता गर्ने आश्वासन त दिएको छ, तर नेपाली अधिकारीहरु आशावादी छैनन् । किनकी साउदीले यस्तो आश्वासन दिन थालेकै १५ वर्ष भइसक्यो ।



