माओवादीले ३ दिनमा बचत गर्‍यो ७ लाख ९८ हजार २ सय रूपैयाँ


  • Himalayan Bank Limited (HBL)
माओवादीले ३ दिनमा बचत गर्‍यो ७ लाख ९८ हजार २ सय रूपैयाँ

नेकपा (माओवादी केन्द्र) ले विधान अधिवेशन अवधिभर ७ लाख ९८ हजार २ सय रूपैयाँ बचत गरेको छ।

काठमाडौंको प्रज्ञा भवनमा फागुन १ देखि ३ गतेसम्म चलेको विधान अधिवेशन को अन्तिम दिन बिहीबार कोषाध्यक्ष श्रीराम ढकालले आयव्ययको प्रतिवेदन पेश गरेका थिए। उनले अधिवेशनमा ३३ लाख ६६ हजार आए भएको विवरण पनि प्रस्तुत गरेका थिए।

‘नौ लाख ३५ हजार प्रवेश शुल्क र आठ लाख लेबीसमेत पार्टीको विभिन्न तहका समितिहरूबाट गरी ३३ लाख ६६ हजार आय भयो,’ ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ।

त्यस मध्येबाट २५ लाख २८ हजार खर्च भएको र बाँकी बचत भएको ढकालले बताए।

Read More