लुम्बिनी प्रदेशमा १९ प्रतिशत मात्रै पुँजीगत खर्च


  • Himalayan Bank Limited (HBL)
लुम्बिनी प्रदेशमा १९ प्रतिशत मात्रै पुँजीगत खर्च

दाङ– चालु आर्थिक वर्षको ७ महिनामा लुम्बिनी प्रदेश सरकारको पुँजीगत खर्च १९.१९ प्रतिशत मात्रै भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार माघ मसान्तसम्म उक्त खर्च भएको हो । यसले अबको ५ महिनामा ८०.८१ प्रतिशत पुँजीगत खर्च गर्नु पर्ने बाध्यता देखाएको छ ।

बाँकी अवधिमा त्यति रकम खर्च हुने अवस्था देखिएको छैन । प्रदेश सरकार आन्तरिक विवाद तथा कर्मचारीहरूको कारणले पुँजीगत खर्च गर्न नसकेको हो । प्रदेश सरकारको पुँजीगततर्फ २३ अर्ब २५ करोड बजेट रहेको थियो । जसमा माघ मसान्तसम्ममा ४ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ । चालुतर्फ १३ अर्व ६३ करोड रुपैयाँ बजेट रहेको थियो । जसमा ३ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ । जुन खर्च २३.४९ प्रतिशत हो ।

Read More