गुलियो मात्र छैन रेमिट्यान्स


  • Himalayan Bank Limited (HBL)
गुलियो मात्र छैन रेमिट्यान्स

नेपालबाट प्रतिदिन करिब १ हजार ८ सय युवायुवतीले वैदेशिक रोजगारीका लागि निवेदन दिएको पाइन्छ । औपचारिक र अनौपचारिक रूपमा विदेशमा गएर काम गर्नेको संख्या करिब ८० लाख पुगिसकेको छ। ३० वटा १०+२ विद्यालयमा २५० जना विद्यार्थीहरूमा गरिएको एउटा नमुना (स्याम्पल) अध्ययनले जनाएको छ कि १०+२ पढ्दै गरेका करिब ८० प्रतिशत विद्यार्थीहरू कुनै न कुनै देशमा काम गर्ने उद्देश्यसहित विदेश जाने तयारी गरिरहेको पाइएको छ। 

यसरी औपचारिक र अनौपचारिक रूपमा विदेशमा बसेर काम गर्ने तयारी गर्नेहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। वैदेशिक रोजगारीमा निर्भर रहेर नेपालमा घरव्यवहार चलाउनेहरूको सङ्ख्या पनि उत्तिकै छ। वैदेशिक रोजगारीबाट घरव्यवहार चलाउन पठाइएको पैसा अर्थात् रेमिट्यान्सको मात्रा बढ्दो क्रममा छ। सन् २०२३ बाट सन् २०२४मा (अर्थात् यस वर्ष मात्र) नेपालमा विपे्रषित रकमको मात्रा ४.८ प्रतिशतबाट बढेर १७.३ प्रतिशत पुगेको छ। अर्थात्, करिब १६ खर्ब रुपैयाँ विप्रेषणका रूपमा नेपालमा भित्रिएको छ।

Read More