मुलुकको विकासका लागि स्रोतको अभाव भइरहेका बेला अन्तर्राष्ट्रिय विकास साझेदारले नेपाललाई दिने सहायतामा भारी गिरावट आएको छ। सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेका छन्। यस्तो अवस्थामा चालु आर्थिक वर्षमा विदेशी सहायता गत वर्षको तुलनामा करिब आधाभन्दा बढीले घटेको हो।
अर्थ मन्त्रालयले गत साता सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा ७७ अर्ब १४ करोड २३ लाख रुपैयाँले कमी आएको छ। ...


