लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दै रणनीति बनाउन आगामी शनिबार र आइतबार काठमाडौंमा चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ।
स्वाबलम्बन विकास केन्द्रको आयोजनामा हुने लागेको सम्मेलनमा नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधिहरू, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य, जनप्रतिनिधि गरी ७ सय जनाभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
नेपालमा बिगत १०–१२ वर्षहरू लघुवित्त क्षेत्रका लागि सुनौला दिन रहेपनि पछिल्लो समय केही समस्या देखिएकाले त्यसलाई पहिचाहन गर्दै निराकरण गर्ने उद्देश्य सहित सम्मेलन आयोजना गरिएको केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले जानकारी दिए।



