साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
यसदिन नेप्से १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा बन्द भएको छ।
बिहीबारको बजारमा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् बुधबार ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रूपैयाँको सेयर कारोबार भएको थियो।
बुधबारको तुलनामा आज कारोबार रकममा ३९ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३०५ वटा धितोपत्रको १ करोड १४ लाख ०७ हजार २६४ कित्ता सेयर किनबेच भएको हो।





