बक्यौता बाँकी भएका उद्योगको आईपीओ रोक्न प्राधिकरणको पत्रलाई धितोपत्र बोर्डले टेरेन !


  • Himalayan Bank Limited (HBL)
बक्यौता बाँकी भएका उद्योगको आईपीओ रोक्न प्राधिकरणको पत्रलाई धितोपत्र बोर्डले टेरेन !

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बक्यौता नतिर्ने कम्पनीको प्राथमिक सेयर (आईपीओ) रोक्न नेपाल विद्युत प्राधिकरणले पठाएको पत्रको बेवास्ता गरेको छ । प्राधिकरणले विद्युत महसुल तिर्न बाँकी उद्योगहरुको नामावलीसहित आईपीओ रोक्न २०८० पुष २५ गते पठाएको पत्रको बोर्डले बेवास्ता गरेको हो ।

विद्युत महसुलबापतको बक्यौता नतिर्ने उद्योगहरुले उल्टै आईपीओ जारी गर्ने तयारी गरेपछि प्राधिकरणले बोर्डमा गत पुष २५ गते बक्यौता नतिर्ने उद्योगको नाम र तिर्न बाँकी बक्यौताको विवरणसहितको पत्र बोर्डमा पठाएको थियो ।

तर, बोर्डले प्राधिकरणको उक्त पत्रको बेवास्ता गरेपछि बक्यौता नतिर्ने केही उद्योगले आईपीओ जारी गरिसकेका छन् भने केही उद्योग पाईपलाइनमा छन् ।

Read More