काठमाडौं । नेप्सेले सूचीकृत कम्पनीहरुको पछिल्लो वर्गीकरण सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार ३१ कम्पनी ए समूहमा परेका छन् । धितोपत्र सूचीकरण विनियमावलीअनुसार कम्पनीहरुको वर्गीकरण गरिएको हो । नेप्सेले ए, बी, जी र जेड गरी ४ समूहमा कम्पनीहरुलाई वर्गीकरण गर्दछ ।
नेप्सेकाे पहिलाे श्रेणीमा ७ वटा विकास बैंक, १ फाइनान्स कम्पनी, ६ वटा लघुवित्त, १ बीमा कम्पनी, ३ वटा जलविद्युत कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी र ३ वटा अन्य समूहका कम्पनी छन् ।
दाेस्राे श्रेणीमा ७ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, ६ वटा फाइनान्स कम्पनी, २ वटा लघुवित्त, १४ वटा जलविद्युत कम्पनी, ३ वटा होटेल समूहका कम्पनी र एउटा अन्य समूहका कम्पनी छन् ।



