‘म्याद सकिएका दुई हजार आयोजनाको ४० अर्ब भुक्तानी बाँकी’


  • Himalayan Bank Limited (HBL)
‘म्याद सकिएका दुई हजार आयोजनाको ४० अर्ब भुक्तानी बाँकी’

काठमाडौँ — विभिन्न आयोजनाको ठेक्काबापतको भुक्तानी नपाएपछि निर्माण व्यवसायीले काम रोक्ने चेतावनी दिएका छन् । देशभर सञ्चालित प्रायः आयोजनामा काम भए पनि नियमित भुक्तानी हुन नसकेको भन्दै व्यवसायीले काम बन्द गर्ने चेतावनी दिएका हुन् । 

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार दुई हजारभन्दा बढी आयोजनाको म्याद सकिँदा विभिन्न विकासे मन्त्रालयमा करिब ४० अर्ब रुपैयाँ भुक्तानी रोकिएको छ । उक्त आयोजनामध्ये ३ सयको काम सकिसकेको महासंघका अध्यक्ष रवि सिंहको दाबी छ । अन्य आयोजनाहरू केही अन्तिम चरणमा पुगेका र केहीको आधा काम सकिएको छ । ‘यस्ता आयोजनाको म्याद सकिँदा भुक्तानी रोकिएको छ,’ उनले भने, ‘जसले गर्दा थप काम हुन सकेको छैन ।’ सुरुमा आयोजनामा बजेट अभाव र जग्गा प्राप्ति हुन नसक्दा कामले गति लिन नसकेको उनले बताए । ‘०७९ सालको निर्वाचन र क्रसर बन्दको असर पनि निर्माण क्षेत्रमा पर्न गयो,’ उनले भने, ‘धेरै समस्या बजेट अभावले गर्दा नै भएको छ ।’ प्रायः आयोजनाको गत असारमा म्याद सकिएपछि भुक्तानी ठप्प बनेको हो ।

Read More