सरकार झन्डै एक खर्ब घाटामा, ७ महिनामा कति उठ्यो राजस्व ?


  • Himalayan Bank Limited (HBL)
सरकार झन्डै एक खर्ब घाटामा, ७ महिनामा कति उठ्यो राजस्व ?

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा सरकार बजेट कार्यान्वयनमा झन्डै एक खर्ब घाटमा देखिएको छ । साउनदेखि माघ मसान्तसम्म सरकारले ६ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको बजेट खर्च गर्दै गर्दा यता राजस्वतर्फ जम्मा ५ खर्ब ९७ अर्ब २४ करोड रुपैयाँ मात्र उठेको छ । 

समीक्षा अवधिमा आय व्ययको सरकारी खाता ९९ अर्ब ७८ करोड रुपैयाँले घाटामा गएको हो ।  उसो त लक्षित राजस्वको लक्ष्य भेट्न नदेखेपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत विनियोजित बजेट संशोधन गरिसकेको छ । मङ्गलवार बजेटको अर्धवार्षिक समीक्षा गरेको सरकारले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको छ । 

Read More