चुलिएको सञ्चितिलाई सदुपयोग गर्न सुझाव


  • Himalayan Bank Limited (HBL)
चुलिएको सञ्चितिलाई सदुपयोग गर्न सुझाव

काठमाडौं– मुलुकमा विदेशी विनिमय सञ्चिति १३ अर्ब ६९ करोड अमेरिकी डलरबराबर पुगेको छ । सञ्चिति अहिलेसम्मकै सबैभन्दा उच्च भए पनि यसको अधिकतम उपयोग गर्न सकिएको छैन ।

राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको सञ्चिति यो पुसमा १३ अर्ब ६९ करोड पुगेको छ । संचिति ६ महिनामै एक अर्ब ९८ करोड अमेरिकी डलर बढेको छ । यो १६.९ प्रतिशतको बढोत्तरी हो । रकमका आधारमा हेर्दा यो हालसम्मकै उच्च रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार रकमका आधारमा अहिले डलर सञ्चिति उच्च रहे पनि आयात पर्याप्तताका हिसाबमा भने होइन । २०७७ साउनमा १५.६ महिनाका लागि वस्तु तथा सेवा धान्ने डलर सञ्चिति थियो । अहिलेको सञ्चिति १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

Read More