काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारी ठग आरोपित जीबी राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवी लामिछानेको समग्र आर्थिक कारोबार विवरण बुझाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।
माघ ८ गते नै विभागले बैंक वित्तीय संस्थाहरूलाई पत्र पठाउँदै निजहरूले बैंकहरूबाट ऋण लिएको भए सोको विवरण तथा ऋण लिँदा पेश गरेका सम्पूर्ण कागजातहरूको प्रमाणित प्रतिलिपी समेत विभागको ईमेल ठेगानामा पठाई अनुसन्धान कार्यमा सहयोग गरिदिन अनुसरोध गरेको थियो ।



