काठमाडौं । विश्वका सर्वाधिक धनी मध्येका एक खर्बपति तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले अमेजन कम्पनीमा रहेको ठूलो परिमाणको शेयर बिक्री गरेका छन् । उनले हालैमात्र अमेजनबाट ४ अर्ब डलरको शेयर बिक्री गरेका हुन् ।
सन् १९९४ मा अमेजन कम्पनीको स्थापना गरेका बेजोसले यो महिना मात्रै अमेजनमा रहेको आफ्नो २ करोड ४० लाख कित्ता शेयर बेचेका बीबीसीले जनाएको छ ।



