काठमाडौं : विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा बिहीबार फैसला सुनाउने भएको छ। हिजै फैसला सुनाउने तयारी गरे पनि नभ्याइएपछि हेर्दाहेर्दैमा राखिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।
’फैसला सुनाउने तयारी बुधबार नै थियो। तर, अबेर हुने देखिएपछि हेर्दाहेर्दैमा राखिएको हो। अब आज फैसला सुनाइन्छ,’ प्रवक्ता कार्कीले बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध २३ माघ २०७६ सालमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो प्रकरणमा भ्रष्टाचारमा मुछिनेमा तत्कालीन तीन सचिवसहित विशिष्ट श्रेणीका ६ उच्च पदस्थ पदाधिकारी पनि छन्।



