स्टक ब्रोकरले भुक्तानी ढिलो गरेको गुनासो बढ्दै: ब्रोकर भन्छन्– इतिहासमै यस्तो रेकर्ड छैन


  • Himalayan Bank Limited (HBL)
स्टक ब्रोकरले भुक्तानी ढिलो गरेको गुनासो बढ्दै: ब्रोकर भन्छन्– इतिहासमै यस्तो रेकर्ड छैन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा विक्री गरेको धितोपत्रको भुक्तानी समयमै नपाएको भन्दै दैनिक दर्जनौं उजुरी पर्ने गरेका छन् । बोर्डले पछिल्लो समय राफसाफ समयमै नभएको भन्दै उजुरी गर्नेको संख्या बढ्दै गएको जानकारी दिएको हो । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले यसअघि पनि बोर्डमा समयमै राफसाफ नभएको गुनासो पर्ने गरे पनि पछिल्लो समय त्यसको संख्यामा उल्लेख्य बढेको बताए ।

लगानीकर्ताबाट परेको उजुरीको प्रकृति हेरेर बोर्डले समस्या समाधानका लागि काम गरिरहेको देवकोटाको भनाइ छ । ‘दैनिक दर्जनभन्दा बढी उजुरी पर्ने गरेको छ,’ उनले भने, ‘कतिपय लगानीकर्ताले उजुरी दिएको एकाध घण्टामै मेरो समस्या समाधान भयो भन्दै फिर्ता लिएको अवस्थासमेत छ ।’

Read More