सात महिनामा पौने २३ अर्ब प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत


  • Himalayan Bank Limited (HBL)
सात महिनामा पौने २३ अर्ब प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

२ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को सात महिनामा पौने २३ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार माघ मसान्तसम्म कुल २२ अर्ब ६८ करोड १५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको हो ।

सरकारले यस वर्ष कुल ३८ अर्ब एफडीआई भित्रिने अनुमान गरेको छ । माघ मसान्तसम्म कुल २ सय ४१ वटा एफडीआई स्वीकृत भएको छ । जसको प्रतिबद्धता रकम झन्डै २३ अर्ब रहेको विभागले जनाएको छ ।

Read More