काठमाडौं– चालु आर्थिक वर्षको माघमा वैदेशिक लगानी प्रतिवद्धता निराशाजनक देखिएको छ । उद्योग विभागमार्फत प्राप्त हुने लगानी प्रतिवद्धता यो महिा ३४ करोड ५० लाख रुपैयाँमा खुम्चिएको हो । परियोजनाको स्वीकृति संख्या र प्रतिवद्धता रकम यो अहिलेसम्मकै कम हो । विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ११ अर्ब ९३ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको थियो । भदौमा ५१ वटा नयाँ उद्योगमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।
यस्तै, असोजमा १ अर्ब ९८ करोड लगानीका ४० परियोजना दर्ता भएकोमा कात्तिकमा १ अर्ब ७५ करोड रुपैयाँका २७ परियोजना दर्ता भएका थिए । मंसिरमा २ अर्ब २५ करोडको लगानी प्रतिवद्धता रहेकामा पुसमा ४ अर्ब ८५ करोड २० लाख रुपैयाँ बराबरका २० वटा औद्योगिक परियोजना स्वीकृत भएका थिए ।



