बैंक तथा वित्तीय संस्थाले बढी भएको तरलता यसरी राख्न सक्छन् राष्ट्र बैंकमा, चार दिनको लागि निक्षेप राख्न सक्ने


  • Himalayan Bank Limited (HBL)
बैंक तथा वित्तीय संस्थाले बढी भएको तरलता यसरी राख्न सक्छन् राष्ट्र बैंकमा, चार दिनको लागि निक्षेप राख्न सक्ने

बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा बढी भएको तरलता निश्चित ब्याजदरमा राष्ट्र बैंकमा राख्न सक्ने भएका छन्। बैंकहरुले राष्ट्र बैंकले तोकेका सर्तहरु पुरा गरी राष्ट्र बैंकमा निक्षेप राख्न सक्ने भएका हुन्।

स्थायी निक्षेप सुविधा लिन चाहने योग्य काउण्टरपार्टीले तोकिएको बैंकिङ्ग कारोबार समय भित्र निवेदन र कारोबार विवरण विभागमा पेश गर्नुपर्नेछ । काउण्टरपार्टीको निवेदनमा कम्तिमा २ जना आधिकारिक खाता सञ्चालकको दस्तखत र संस्थाको छाप लागेको हुनुपर्नेछ ।

स्थायी निक्षेप सुविधा उपयोग गर्नका लागि रीतपूर्वकको निवेदन पेश गरेका काउण्टरपार्टीको नाममा सोही दिन राष्ट्र बैंकमा निक्षेप रकम जम्मा गरिने छ । यसरी जम्मा गरिएको निक्षेप वापत प्रमाणपत्र प्रदान गरिनेछ ।

भुक्तानी अवधि समाप्त भएपछि निर्धारित ब्याजसहित सो निक्षेप रकम सम्बन्धित काउण्टरपार्टीको खातामा जम्मा हुनेछ । भुक्तानी मिति अगावै सम्बन्धित काउण्टरपार्टीलाई निक्षेप फिर्ता दिइने छैन ।

स्थायी निक्षेप सुविधामा जम्मा रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिनेछ ।

Read More