चालु आर्थिक वर्षको माघ महिनामा घरजग्गा कारोबार बढेको छ।
गत वर्ष माघ महिनामा भएको कारोबारको तुलनामा यो वर्ष २३.९७ प्रतिशतले कारोबार बढेको हो।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्ष माघ महिनामा देशभर ४१ हजार संख्यामा घरजग्गा कारोबार भएको थियो। यस वर्ष सोही अवधिमा ५० हजार ९ सय २१ संख्यामा घरजग्गा कारोबार भएको छ।
यो कारोबार गत महिना पुसको तुलनामा पनि १२.४७ प्रतिशतले बढी हो। पुस महिनामा ४५ हजार संख्यामा घरजग्गा कारोबार भएको थियो।



