काठमाडौं । चालु खर्च धान्न नसक्ने गरी कमजोर बनेको सरकार चालु आर्थिक वर्षको सातौँ महिना पुरा हुँदा समेत राजश्व संकलनको लक्ष्यमा निकै पछि रहेको छ । आन्तरिक राजस्व विभागले उठाएको राजस्वको विवरण हेर्दा चालु आवको सात महिनाको राजस्व संकलनको यस्तो अवस्था देखिएको हो।
विभागले यस अवधिमा लक्ष्यको २० प्रतिशत कमराजस्व संकलन गरेको हो । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि माघ महिनासम्ममा २ खर्ब ७९ अर्ब ४९ लाख ३४ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ । जबकि सरकारले यस अवधिमा ३ खर्ब ४७ अर्ब ४३ करोड ५९ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यस अवधिमा लक्ष्यको ८०.३० प्रतिशत मात्र राजस्व संकलन भएको हो ।



