दर्जन मन्त्रालयको विकास खर्च १५ % भन्दा कम


  • Himalayan Bank Limited (HBL)
दर्जन मन्त्रालयको विकास खर्च १५ % भन्दा कम

काठमाडौँ — चालु बर्षको आधा अवधि पार भइसक्दा समेत करिब एक दर्जन मन्त्रालयको पुँजीगत खर्च ज्यादै न्यून देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ मन्त्रालयमध्ये ११ वटाले पुँजीगत खर्च १५ प्रतिशतसमेत कटाउन सकेका छैनन् । 

सबैभन्दा कम खर्च गर्नेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय छ । यस मन्त्रालयका लागि पुँजीगततर्फ २ अर्ब ३० करोड १६ लाख रुपैयाँ विनियोजन भएको थियो । बजेटको अर्धवार्षिक समीक्षा अवधिमा ५ करोड ३६ लाख अर्थात् २.३३ प्रतिशत मात्र खर्च भएको छ । अर्को कम खर्च गर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय छ । यस मन्त्रालयका लागि पुँजीगततर्फ २३ करोड ४४ लाख विनियोजन भएकामा ७० लाख (२.९७ प्रतिशत) रुपैयाँ मात्र खर्च भएको छ ।

Read More