सेयर बजारमा थलियो ‘बैंकिङ’, सूचक ४३ महिनाकै न्यून


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयर बजारमा थलियो ‘बैंकिङ’, सूचक ४३ महिनाकै न्यून

२ फागुन, काठमाडौं । सूचीकृत १९ वाणिज्य बैंकहको सेयर मूल्य उतारचढावलाई ‘बैंकिङ’ सूचकले जनाउँछ । यो सूचक यतिबेला ४३ महिना (साढे ३ वर्ष) यताकै न्यूनतम बिन्दुमा झरेको छ । समग्र बजार परिसूचक नेप्से १८०० देखि २२०० बीचमा घुमिरहँदा बैंकिङ सूचक भने २२ असार २०७७ यताकै न्यूनतम बिन्दुमा झरेको हो । मंगलबार बैंकिङ समूहको सूचक ११२२ अंकमा झरेको छ ।

२२ असार २०७७ मा ११०९ अंकमा रहेको बैंकिङ सूचक १० साउन २०७८ मा २१७५ अंकसम्म पुगेको थियो । त्यस वर्ष भदौ २ मा नेप्से परिसूचक पनि ३१९८ अंकसम्म पुग्यो । त्यतिबेला बैंकिङ समूहले नै बजारलाई उच्चतम अंकमा पुर्‍याएको थियो । भदौ २०७८ पछि समग्र बजारले ‘बियरिस ट्रेन्ड’ समात्यो, त्यही ट्रेन्डको लयमा बैंकिङ सूचक पनि घट्दै गयो । यसबीच पटक–पटक नेप्से परिसूचक १८०० आसपास आउँदै २२०० नजिकसम्म पुग्यो । तर, १८०० बाट तल झर्न सकेन, अहिले नेप्से २०७० अंकमा छ । तर, बैंकिङ सूचक ४३ महिनाकै न्यूनतम बिन्दुमा छ ।

Read More