पर्यटकले बढाए होटेल तथा पर्यटन समूहको खुद नाफा, कुले कति कमाए ?


  • Himalayan Bank Limited (HBL)
पर्यटकले बढाए होटेल तथा पर्यटन समूहको खुद नाफा, कुले कति कमाए ?

काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा (नेप्से) मा होटल तथा पर्यटन समूहका ६ कम्पनी सूचीकृत छन् । तीमध्ये पाँच कम्पनीकोे चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्मको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको छ । सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल्स, चन्द्रागिरि हिल्स लिमिटेड, ओरियण्टल होटल्स लिमिटेड र कालिञ्चोक दर्शनको खुद नाफा बढेको हो । 

सिटी होटल भने चालू आवको दोस्रो त्रैमाससम्ममा ११ करोड ७९ लाख रुपैयाँ घाटामा छ । गत आवको दोस्रो त्रैमासमा पनि सिटी होटेल १३ करोड २४ लाख रुपैयाँ घाटामा थियो । अघिल्लो वर्षको तुलनामा सिटी होटलको घाटा यसपालि कम छ । 

Read More