गत वर्ष अमेरिकीहरूले ठगीका कारण १० बिलियन डलर घाटा बेहोरेका थिए । यो एक नयाँ रेकर्ड हो। यो तथ्यांक अमेरिकाको स्वतन्त्र सरकारी निकाय फेडरल ट्रेड कमिसन (एफटीसी) को आधिकारिक वेबसाइटको रिपोर्टमा खुलासा गरिएको हो।
ठगीकाे मुद्दामा सबैभन्दा धेरै 'लगानी'सँग सम्बन्धित रहेकाे छ । जसबाट नागरिकहरूले ४.६ बिलयन डलर गुमाए। वास्तवमा, डिजिटल उपकरणहरूको कारण, अमेरिकीहरूलाई लक्षित गर्न पहिले भन्दा सहज भएको छ। गत वर्ष ‘अनलाइन सपिङ’ मा हुने ठगी, पैसा गुमाउनुको दोस्रो ठूलो कारण थियो।
त्यसपछि पुरस्कार, चिठ्ठाकाे व्यापार र रोजगारीको नाममा ठगीका घटनाहरू रहेका छन्। अन्य मुद्दाहरू क्रिप्टोकरेन्सी काराेबारसँग सम्बन्धित थिए।



