काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको माघमा घरजग्गाको कारोबार करिब एक चौथाईले बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनीक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को माघको तुलनामा चालु वर्षको माघमा कारोबार २३.९३ प्रतिशतले बढेको हो ।
गत माघमा देशभर ४१ हजार ८६ कित्ता जग्गा लिखत पारित भएको थियो जुन यस वर्ष बढेर ५० हजार ९२१ को संख्यामा पुगेको छ । चालु वर्षको पुसको तुलनामा जग्गाको कारोबार १२.४६ प्रतिशतले बढेको तथ्यांकमा देखिन्छ । गत महिनामा ४५ हजार २७७ वटा कारोबार भएका थिए ।



