हाल हितग्राही खाता खोल्ने र मेरो शेयर सेवा लिने ग्राहकहरुले प्रत्येक वर्ष क्रमशः रु. १००।– र रु. ५०।– भुक्तानी गरी नविकरण गर्नुपर्ने व्यवस्था रहेको छ । यदि ग्राहकले प्रत्येक वर्ष नविकरण नगरेको अवस्थामा हितग्राही खाता फ्रिज भई दोस्रो बजारमा कारोबार गर्न नसकिने एवं मेरो शेयर नविकरण हुन नसकेमा अनलाइन प्रणाली प्रयोग गर्न नपाउने विद्यमान व्यवस्था रहेको सन्दर्भमा ग्राहकहरुको हित र सुविधालाई मध्यनजर गरी प्रत्येक वर्ष हितग्राही खाता र मेरो शेयर नविकरण गर्ने झण्झटबाट मुक्ति दिलाउँदै समय सापेक्ष रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले यहि मिति २०८० फाल्गुन १ गतेदेखि लागु हुने गरी हितग्राही खाता र मेरो शेयरको आजिवन नविकरण गर्ने नयाँ योजना को शुभारम्भ गरेको छ । जस अनुसार ग्लोबल आइएमई क्यापिटल लि. र ग्लोबल आइएमई बैंक लि.को नेपालभरको शाखा कार्यालयहरुबाट यो योजना सञ्चालन हुने र हितग्राही खाता खोलिसकेका एवं अब उप्रान्त नयाँ खाता खोल्ने हितग्राहीहरुको लागि DEMAT र MERO Share खाता खोल्दा एकमुष्ठ रु.२,०००।– (Refundable) जम्मा गरी बाँचुञ्जेल आजिवन नविकरण गरिरहनुपर्ने झन्झटबाट मुक्त भई यस योजनाबाट लाभान्वित हुन सकिनेछ ।
योजनाका विशेषताहरु-
- एकपटक रु.२,०००।– जम्मा गरी योजनामा आबद्घ हुन सकिने,
- जम्मा गरिएको रकम फिर्ता हुनेः
- ३ (तीन) वर्षभित्र हितग्राही खाता बन्द गर्नुपरेमा रु.२००।– कट्टा गरी रु.१,८००।– फिर्ता पाइने,
- ३ (तीन) वर्षपछि हितग्राही खाता बन्द गरेमा सम्पूर्ण रकम रु.२,०००।– फिर्ता गरिने,
- यो योजनामा आबद्घ हितग्राहीले एःक् सेवा लिन चाहेमा ५०% शुल्क छुट पाइने ।
साथै, यस अघि मिति २०७८ साउन १४ गतेदेखि लागु रहेको आजिवन डिम्याट खाता र मेरो शेयर सेवा सञ्चालन सम्बन्धी योजनालाई बन्द गरी ग्राहक महानुभावहरुको लागि अझ बढी सरल बनाउँदै परिष्कृत तथा परिमार्जित गरी यो नयाँ योजना सञ्चालन गरिएको छ ।







