माघमा आयात व्यापारमा थप ह्रास, भन्सार राजस्व भने आठ प्रतिशतले बढ्यो


  • Himalayan Bank Limited (HBL)
माघमा आयात व्यापारमा थप ह्रास, भन्सार राजस्व भने आठ प्रतिशतले बढ्यो

माघ महिनामा अन्तर्राष्ट्रिय व्यापारमा थप ह्रास आएको छ। 

गत वर्षको सोही समयको आधारमा पुस महिनासम्म समग्र व्यापार ३.४७ प्रतिशतले मात्रै घटेको थियो। माघ महिनासम्म भने ४.८२ प्रतिशतले ह्रास आएको छ।

भन्सार विभागको प्रारम्भिक तथ्यांक अनुसार माघ महिनासम्म आयात व्यापारमा ४.५ प्रतिशतले ह्रास आएको छ। त्यस्तै निर्यात व्यापारमा ८ प्रतिशतले कमी आएको छ।

गत वर्ष पहिलो सात महिना (साउनदेखि माघसम्म) मा नौ खर्ब १९ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको थियो। अहिले घटेर ८ खर्ब ७७ अर्ब ८० करोड रूपैयाँ बराबरको मात्रै आयात भएको छ।

Read More