नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेड एक पटक फेरि भारतको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । एक्सिस बैंकको निजी बैंकिङ एकाई बर्गन्डी प्राइभेट र हुरुन इन्डियाको रिपोर्टका अनुसार रिलायन्स इन्डस्ट्रिज लगातार तेस्रो वर्ष पनि भारतको सबैभन्दा मूल्यवान् कम्पनी बनेको हो ।
बर्गन्डी प्राइभेट र हुरुन इन्डिया ५०० को रिपोर्टले सार्वजनिक गरेको मूल्यवान् कम्पनीको सूचिमा सबैभन्दा माथि मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्री छ । रिपोर्टका अनुसार रिलायन्सको बजार पूँजीकरण १५६ खर्ब भारु रहेको छ । रिलायन्ससँग छुट्टिएर बनेको अम्बानीको नयाँ कम्पनी जियो फाइनान्सियल सर्भिसेज सूचीको २८ औँ स्थानमा छ ।



