काठमाडौं- विज्ञापन प्रसारणमा ठगी गर्ने एक एजेन्सीलाई कारवाही गर्दै विज्ञापन बोर्डले कारोबार रोक्का राख्ने निर्णय गरेको छ । विज्ञापन बोर्डले काठमाडौंको ‘कोकिल मिडिया’लाई १० हजार रुपैयाँ जरिवाना र ०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।
नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौंसँग उक्त एजेन्सीले गत असोज १२ मा गरेको सम्झौतामा उल्लिखित रकमभन्दा अत्यधिक सेवा शुल्क लिने गरी विज्ञापन प्रसारणको आदेश दिएको पाइएकाले उक्त जरिवाना गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



