धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले आफ्नो कार्यकालको एक वर्ष पुरा गरेको छ । प्रदेश सरकारले एक वर्षको कार्य प्रगति सुखद बताइरहँदा बजेट खर्च अवस्था भने निराशाजनक रहेको छ । पछिल्लो छ महिनाको बजेट खर्चको प्रगति १४ प्रतिशतभन्दा माथि उक्लिन नसकेको हो ।
प्रदेश सरकारले माघ २७ गते आफ्नो कार्य प्रगति सार्वजनिक गरेको थियो । तर चालु आर्थिक वर्षको ६ महिनाको अवधिसम्म ५० प्रतिशत बजेट खर्च गरिसक्नुपर्नेमा १३ दशमलव १९ प्रतिशत मात्रै खर्च गरेको पाइएको हो ।



