बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेको बारे आईएमएफले दियो यस्तो प्रतिक्रिया


  • Himalayan Bank Limited (HBL)
बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेको बारे आईएमएफले दियो यस्तो प्रतिक्रिया

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालका बैंकहरुमा देखिएको पूँजीकोषको समस्या बैंकहरु आफैले समाधान गर्नु पर्ने बताएको छ। आईएमएफले सोमबार गरेको पत्रकार सम्मेलनमा आईएमएफ मिसन चिफ टिडिएन किन्डाले  यस्तो बताएका हुन्।

पत्रकार सम्मेलनमा बिजपाटी प्रतिनिधिले करिब १० वटा बैंकहरु पूँजीकोषको दबाबमा पर्दा कर्जा प्रवाह गर्ने अवस्था नै नरहेकोले यसको समाधान के हुन सक्छ भनी प्रश्न गरेका थिए । जवाफमा आईएमएफ मिसन चिफ टिडिएन किन्डाले  केही बैंकहरु आफ्नै कारणले यो अवस्थामा पुगेको बताएका हुन् । उनले तरलता पर्याप्त रहे पनि केही बैंकमा कर्जा दिन नसक्ने अवस्थामा आउनुमा बैंकहरु आफै जिम्मेवार रहेको बताए । उनले बैंकले अबका दिनमा पनि चालु पूंजी कर्जा भन्दा पनि टर्म लोनमा जोड दिनु पर्ने बताए । विगतमा चालु पूंजी कर्जामा जोड दिंदा त्यसको दुरुपयोग भएको र अबका दिनमा बैंकहरुले टर्म लोनमा जोड दिनु पर्ने बताए । त्यस्तै उनले चालु पुँजी कर्जा सम्बन्धी निर्देशन कार्यान्वयनमा गएपछि त्यसको नतिजा देखिन थालेको र सो निर्देशन पूर्ण रुपमा पालना गर्नु पर्ने उनले उल्लेख गरे । 

Read More