बैंकहरुले धेरै भएको पैसा ३% ब्याजमा राष्ट्र बैंकमा राख्न पाउने


  • Himalayan Bank Limited (HBL)
बैंकहरुले धेरै भएको पैसा ३% ब्याजमा राष्ट्र बैंकमा राख्न पाउने

काठमाडौँ । बैंकहरुले आफूसँग बढी भएको निक्षेप राष्ट्र बैंकमा राख्न पाउने भएका छन् । बैंकहरुले फागुन १ (मंगलबार)देखि आफूसँग बढी भएको निक्षेप राष्ट्र बैंकमा ब्याजमा राख्न पाउने भएका हुन् ।

राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०८० ८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै पहिलो पटक स्थायी निक्षेप संकलन उपकरण (एसडीएफ) अर्थात ब्याज तिरेर पैसा लिने सुविधा प्रयोगमा ल्याएको हो । योसँगै अब बैंकहरुले आफूसँग बढी भएको निक्षेप जुनसुकै बेला राष्ट्र बैंकमा राख्न पाउने भएका छन् ।

यसका लागि बैंकहरुले न्यूनतम २० करोड रुपैयाँदेखि सोभन्दा बढी ५ करोडले भाग गर्दा निःशेष रहने अंकमा राख्नुपर्नेछ । यसरी बैंकहरुले राष्ट्र बैंकमा राख्ने निक्षेपमा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदर तोकेको छ ।

Read More