सहकारीबाट ठगिएकाले न्याय पाउँछन्, म त्यसमा द‍ृढ छु : प्रधानमन्त्री


  • Himalayan Bank Limited (HBL)
सहकारीबाट ठगिएकाले न्याय पाउँछन्, म त्यसमा द‍ृढ छु : प्रधानमन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ । आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव पत्र बुझाएको हो।

गत महिना रास्वपाले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेर प्रतिवेदन निर्माण गरेको थियो। विज्ञहरु र सहकारी पीडितहरुसँग सघन अन्तर्क्रिया समेत गरेर प्रतिवेदन तयार पारेको रास्वपाले जनाएको छ।

Read More