निर्वाचन नतिजाको अन्योलताकाबीच पाकिस्तानकाे शेयर बजारमा भारी गिरावट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
निर्वाचन नतिजाको अन्योलताकाबीच पाकिस्तानकाे शेयर बजारमा भारी गिरावट

निर्वाचन नतिजाको अन्योलताकाबीच पाकिस्तान शेयर बजारमा लगातार गिरावट देखिएकाे छ ।साताको पहिलो कारोबार दिन, सोमबार पनि पाकिस्तान स्टक एक्सचेन्ज (पीएसएक्स)मा भारी गिरावट आएको छ ।

साेमबार कारोबारको शुरुवातमा शेयर बजार १,३३८ अंकले घटेपछि १०० परिसूचक ६१,६०५ विन्दुको स्तरमा कारोबार भएकाे थियाे ।

आम निर्वाचनपछि खुलेकाे बजारमा पाकिस्तान शेयर बजारको बेन्चमार्क केएसई १०० सूचकांक आज २,२०० बिन्दु भन्दा बढिले घटेकाे छ ।  दिउँसो ३ः०८ बजे केएसई १०० परिसूचक २,२१४ अंकले घटेर ६०,७२९ विन्दुमा पुगेको छ ।

यसअघि निर्वाचनकाे अर्काे दिन १०० परिसूचकमा २,३०० अंकको भारी गिरावट देखिए पनि सुधारपछि १,२०० अंकले घटेर बन्द भएको थियो ।अर्कोतर्फ, गत साता अन्तरबैंकमा पनि डलरको भाउ बढेको छ।

साताको पहिलो कारोबार दिन, केन्द्रिय बैंकमा अमेरिकी डलरको भाउ २२ पैसाले बढेर २७९.५० पाकिस्तानी रूपैयाँ बराबर छ । गत साताको अन्तिम कारोबार दिन, केन्द्रिय बैंकमा डलर २७९.२८ रुपैयाँमा बन्द भएको थियो ।

पाकिस्तानकाे स्टक एक्सचेन्ज बेन्चमार्क केएसई - १०० परिसूचक शुक्रबार १,७०० अंकले झर्याे। पाकिस्तानकाे निर्वाचन आयोगले चुनावी नतिजा घोषणा गर्न कछुवाको गति लिएकाे छ।

Read More