आफ्नो व्यस्त दैनिकी, रोजगारी, जागिर तथा पेशा व्यवसायमा आवद्ध भएका तथा अन्य कारणले गर्दा यस कम्पनीको नियमित कार्यालय समयमा कार्यालयमा उपस्थीत भई सेवा लिन असमर्थ हुनुभएका ग्राहक महानुभावहरुको हित तथा सुविधालाई मध्यनजर गरी यहि मिति २०८० साल फागुन १ गतेदेखि (सार्वजनिक विदा र शनिबार बाहेक) प्रत्येक दिन बिहान ८ः०० बजेदेखि प्रभातकालिन काउण्टर सञ्चालन गरिएको व्यहोरा समस्त ग्राहक महानुभाव तथा सरोकारवालाहरुमा सहर्ष जानकारी गराउँदछौं । उक्त समयमा हितग्राही खाता र मेरो शेयर खाता खोल्ने तथा नविकरण गर्ने, हितग्राही खाता तथा मेरो शेयरसँग सम्बन्धित विवरण अद्यवाधिक गर्ने, आफ्नो नाउँमा रहेको विभिन्न सूचीकृत कम्पनीहरुकोे भौतिक शेयर अभौतिकिकरण गरी डिम्याट खातामा जम्मा गर्ने, शेयर धितो रोक्का÷फुकुवा गर्ने लगायतका सम्पूर्ण कार्य तथा यस कम्पनीले प्रदान गर्ने अन्य सेवा सुविधा सम्बन्धि आवश्यक जानकारी समेत प्राप्त गर्न सकिने व्यहोरा समेत अनुरोध गर्न चाहन्छौं । सेवाग्राहीको सन्तुष्टि नै हाम्रो प्रमुख लक्ष्य हो । कम्पनीबाट प्रदान गरिने सेवा तथा सुविधाको बारेमा कुनै सल्लाह, सुझाव तथा जिज्ञासा भएमा ईमेल ठेगानाः ष्लाय२नष्अ।िअयm।लउ मा पठाउन सक्नुहुनेछ ।







