विश्व बैंकले जुन तेस्रो साता नेपालमा सम्मेलन आयोजना गर्ने


  • Himalayan Bank Limited (HBL)
विश्व बैंकले जुन तेस्रो साता नेपालमा सम्मेलन आयोजना गर्ने

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले विश्व बैंकले जुनको तेस्रो साता नेपालमा लगानी सम्मेलन गर्ने बताएका छन् । बजेटको अर्धवार्षिक समीक्षाका क्रममा महतले उक्त जानकारी गराएका हुन् ।

यो सम्मेलनमा विश्वभरका ९२ वटा देशका प्रतिनिधि नेपाल आउने अर्थमन्त्री डा.महतले बताए । उनले भने, ‘सम्मेलनमा विश्व बैंकका अध्यक्षसहित विश्वभरका ९२ वटा देशका प्रतिनिधि नेपाल आउँछन् ।’ यो सम्मेलन नेपालमा आयोजना गर्नका लागि नेपाल सरकारले विश्व बैंकलाई पत्र लेखेको थियो ।

Read More