काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री महतले चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताएका हुन् । अर्धवार्षिक समीक्षामार्फत बजेट लक्ष्य २ खर्ब रुपैयाँभन्दा बढीले घटाएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्तै अर्धवार्षिक समीक्षामार्फत बजेटकोे आकार १५ खर्ब ३० अर्ब रुपैयाँ बढी कायम गरिएको अर्थमन्त्रालयले जानकारी गराएको छ । (पूर्णपाठ सहित)



